+
+

बितेको ११औ दिनमा बेलायती महारानीको अन्त्येष्टि कार्यक्रम सुरू, अमेरिकी राष्ट्रपति सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:३५

३ असोज, काठमाडौं । लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायती महारानी एलिजाबेथ द्वितीयको ११औ दिनमा अन्त्येष्टि कार्यक्रम सुरू गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।

राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरी दिवंगत महारानीप्रति सम्मान गरिएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिले देखि नै बेलायत आइपुगेका थिए ।

सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।

राजकीय अन्त्येष्टिको अर्थ बेलायत सरकारले अन्त्येष्टिको दिनलाई औपचारिक रूपमा बैंक बिदाको रूपमा घोषणा गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुगेका छन् ।

महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले महारानीको न्यानो मनस्थितिलाई स्मरण गर्दै भने, ‘उहाकोँ नरमपन र शिष्टताले विश्वलाई प्रभावित पारेको थियो । उहाँसँग भेट हुँदा उहाँले भन्ने गरेका “के तपाईं ठीक हुनुहुन्छ? म तपाईंको लागि केही गर्न सक्छु? तिमीलाई के चाहिएको छ ? जस्ता उहाँका शब्दहरूले मलाई मेरी आमाको याद दिलाउँछ ।’

महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका छन् ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान थिइन् ।

Members of the Royal Family walk behind the Queen's coffin

Prince William and Prince Harry follow the Queen's coffin

A handwritten card on top of the Queen's coffin reads: "In loving and devoted memory. Charles R".

President Joe Biden in Westminster Abbey

People lining the procession route in London.

Members of the public view the televised funeral of Queen Elizabeth II at St. Andrew's Cathedral in Sydney, Australia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?