+
+

ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखराको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १३:५०

६ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ असोजदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ ।

कोभिड-१९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउ । बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । ब्याजदर वृद्धिले मुद्रास्फीतिमा समेत चाप पर्ने भन्दै संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग गरेको छ ।

ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधरण समेत महँगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने जनाउँदै संघले राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम गरेको अध्यक्ष सुवेदीले जनाए ।

‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्ने छ,’ अध्यक्ष सुवेदीले भने,  ‘अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?