+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १७:२२

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा ‘मोको’ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा ‘डाइनामिक नेपाल पे क्युआर’ राखिएकोले ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने छ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने छ ।

हाल उक्त सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआईसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, दुईवटा वालेट र कनेक्टआइपीएस मोबाइल एपमा उपलब्ध रहेको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?