+
+

ओलीको निर्देशन : अरिङ्गाल हुनुस्, एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १९:३०

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका छन् ।

शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिं अरिङ्गाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङ्गाल भएर ध्वस्त पार्नैपर्छ ।’

यसअघि आफूले अरिङ्गाल झैं प्रतिकार गर्नु भन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको भन्दै ओलीले भने, ‘हो हामीमाथिको आक्रमणविरुद्ध अरिङ्गाल नै लगाउने हो ।’

उनले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?