+
+
OK-अटो फोकस :

स्मार्ट र स्टाइलिस ‘आरटीआर १६० फोर भी’ (भिडियो रिभ्यु)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १८:३६

काठमाडौं । पावर, माइलेज, स्मार्ट फेसिलिटी, सेफ्टी र स्टाइलसहित सबै विशेषता भएको बाइक बजारमा पाउन सकिएला ? टिभिएसको ‘अपाचे आरटीआर १६० फोर भी’ चढेका र चलाएकाको अनुभवीले सजिलै दिनसक्ने जवाफ हो, ‘किन नहुनु ?’

हुन पनि ‘अपाचे आरटीआर १६० फोर भी’ नेपाली ग्राहकको रोजाइ र बजेट दुबैलाई सम्बोधन गर्न सफल छ । कम बजेटमै यति स्टाइलिस र पावरफुल बाइक चढ्ने अवसर दिलाउने एक विकल्प हो, ‘अपाचे आरटीआर १६० फोर भी’ ।

ग्राहकले आफ्ना आवश्यकताका धेरै कुरा यही बाइकमा पाउनसक्ने टिभिएस बाइकको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोर्टसले जनाएको छ ।

नेपालमा उपलब्ध १६० सीसीको बाइकमध्ये उत्कृष्ट पर्फर्मेन्स गरिरहेको यो बाइकलाई ग्राहले धेरै रुचाउनुका पनि खास-खास कारण छन् । यो बाइकको लुक्सले नै धेरैलाई प्रभावित गर्छ । झट्ट हेर्दा यो ‘नेकेड स्टाइल’को बाइकमा बिल्कुल फरक विशेषताहरु भेटिन्छ ।

यो बाइक हेर्दा नै प्रिमियम स्टाइलको छ, यो मजबुत र मस्त डिजाइनको गठबन्धन पनि हो । प्रयोगकर्ताहरुले नै यसलाई यो बाइक कला र विज्ञानको सुन्दर संयोजन भनेका छन् । यो बाइकको एग्रसिभ र स्पोर्टी डिजाइनले जो कसैलाई मोहित पार्न सक्छ ।

आधुनिक प्रविधि र विशेषताको संयोजन नै यसको मूलभूत पक्ष हो । यसको शानदार लुक्ससँगैको स्टाइलिस फिनिसिङले धेरैलाई तान्नसक्छ । यसको मस्कुलर डिजाइनले ‘आरटीआर १६० फोर भी’लाई खास देखाएको छ । डिजाइनका साना साना पक्षलाई नियाल्दा यसप्रति ग्राहकको चाख र मोह अझ बढ्न सक्छ ।

किनकी यसको अगाडिको लुक्स नै ‘आइब्रो’ को सेपको नभएर ‘जुँगा’को जस्तो छ । यसको ट्यांकीको आकार पनि डिजाइनको मूलभूत पक्ष हो । यसको ठूलो ट्यांकी २०० वा २२० सीसीको बाइकको जस्तो देखिन्छ । यसको हेड ल्याम्प र टेल ल्याम्प पनि आकर्षक ढंगले सजाइएको छ ।

पर्फर्मेन्स

‘अपाचे आरटीआर १६० फोर भी’ बाइक नेपाली बाटोका लागि निकै उपयुक्त छ । शक्तिशाली इन्जिनले ग्राहकलाई जस्तोसुकै बाटोमा पनि निरास हुन दिंदैन । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि टिभिएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा ११३ किलोमिटर प्रतिघण्टाको टप स्पीड दिनसक्छ ।  जसले ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्न सक्छ ।

त्यसैले रोडमा पनि ‘अपाचे आरटीआर १६० फोर भी’ बाइकको पर्फर्मेन्स गज्जबकै छ । शक्तिशाली इन्जिनले सुसज्जित यो बाइकलाई अफरोडमा पनि सहजै चलाउन सकिने गरी बनाइएको छ । जुन बाइक चढ्नेले मात्रै हैन, सडकमा हिँड्नेले पनि मज्जाले महसुस पनि गर्न सक्छन् ।

‘अपाचे आरटीआर १६० फोर भी’मा ५ स्पीडको गियर बक्स र १२ लिटरको फ्युल ट्यांक छ । यसमा इलेक्ट्रिक र किक स्टार्टको सुविधाको विकल्प छ । आरामदायी

‘अपाचे आरटीआर १६० फोर भी’ बाइक आरामदायी पनि छ । कम्पनीले यसमा सजिलो सिट प्रयोग गरेको छ । यसले राइडरलाई आराम मात्रै हैन, आत्मविश्वास पनि दिलाउँछ । अगाडिको सस्पेन्सनमा टेलिस्कोपिक फर्क्सको प्रयोग गरिएको छ । पछाडि मोनोसक सस्पेन्सन छ ।

१०५० एमएम हाइट उचाइ भएकाले यो बाइक २०५० एमएम लामो छ । १८० एमएमको ग्राउन्ड क्लेयरेन्स रहेको यो बाइकले शहरी सडक र राजमार्ग मात्रै हैन, कच्ची सडकमा पनि यसको यसले चालकलाई रोमाञ्चकता प्रदान गर्छ ।

सुरक्षित र वैज्ञानिक

कम्पनीले बाइकको अन्य फिचर्सलाई पनि वैज्ञानिक र व्यवहारिक बनाएको छ । केही खास र स्टान्डर्ड प्रविधि पनि यसमा भेटिन्छ । १४५ केजीको यो ‘अपाचे आरटीआर १६० फोर भी’ बाइकमा विशेष सुरक्षा फिचर्स पनि छन् । यसमा २७० एमएमको फ्रन्ट डिस्क र २०० एमएमको बेयर ब्रेक छ । एबीएससहितको बाइक किन्ने विकल्प पनि छ ।

‘अपाचे आरटीआर १६० फोर भी’ बाइकको अगाडि र पछाडिका टायरहरु पनि व्यवहारिक र वैज्ञानिक आकारका राखिएको छ । जसले सडकमा गज्जबको ग्रिपिङ दिंदै शानदार र सुरक्षित राइडिङ अनुभव दिन सघाउँछ । यसको हि्वलबेस नै १३५७ एमएमको छ ।

स्मार्ट कनेक्ट सुविधा

चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्छन् । बाइकमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस डिस्प्लेमै हेर्न सकिने छ ।

कन्सोलमा रहेको ओडो मिटरमा टि्रप १ र टि्रप २ मिटर मोड उपलब्ध छ । यसमा टाइम ल्याप मिटर पनि छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

यसमा ०-६० रेकर्ड इन्डिकेटर पनि छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ । आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर छ । लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध छ ।

लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।

यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोबाइल मार्फत टर्न वाइ टर्न नेभिगेसन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्टमार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्र्यास अर्लट फिचर दिएको छ । कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचरमार्फत लोकेसनसहित दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेसन जान्छ । साथै नजिकको अस्पतालको लोकेसन समेत देखिनेछ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपूर्ण हुन्छ । यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को बायाँतर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ-साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दबाएर नजिक रहेको पेट्रोल पम्पको लोकेसन पाउन सकिन्छ ।

प्रतिस्पर्धात्मक मूल्य

‘अपाचे आरटीआर १६० फोर भी’ बाइकको मूल्य पनि प्रतिस्पर्धात्मक छ । आरटीआर १६० फोर भी एफडीको २ लाख ७२ हजार ९०० र आरडी भर्सनको मुल्य २ लाख ९० हजार ९०० रुपैयाँ छ ।

आरटीआर १६० फोर भी रिफ्रेस एफडीको ३ लाख ३ हजार ९०० रुपैयाँ, रिफ्रेस आरडी भर्सनको ३ लाख १८ हजार ९०० र रिफ्रेस विद एबीएसको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?