
३१ असोज, काठमाडौं । पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन् ।
नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो ।
उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६ सिटमा जित हात पारेको छ । पाकिस्तान पिपल्स पार्टी (पीपीपी)ले दुई सिट जितेको छ ।
पीटीआईका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान आफैं नेशनल असेम्बलीको ७ क्षेत्रमा उम्मेदवार थिए । आफ्नो पछिल्लो रेकर्ड तोड्दै उनी ६ मा विजयी भए । २०१८ को आम चुनावमा उनले नेशनल असेम्बलीको ५ सिटमा चुनाव जितेर रेकर्ड बनाएका थिए ।
शाह महमूद कुरैशीकी छोरी मेहन बानो कुरैशीले मुल्तान सिटमा प्रतिस्पर्धा गरेकी थिइन् । तर पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भएका छन् ।
पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ ।
चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक स्पेश बनाउने विश्लेषण भइरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4