
काठमाडौं । ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को भव्य रेडकार्पेट प्रिमियर गरिएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टद्वारा आयोजित समारोहमा सेलिब्रिटीसहित उद्योग व्यवसायी सहभागी रहे ।
देशव्यापी रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा सेलिब्रिटीले फिल्म हेरे । छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित समारोहमा डीसी कमिक्सका फ्यानहरु पनि उपस्थित थिए ।
प्रिमियरमा दीपकराज गिरी, निर्मल शर्मा, आना शर्मा, सन्दीप क्षेत्री, सरिता गिरी, प्रशान्त ताम्राकार, बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा लगायत उपस्थित थिए ।
एप्पल इन्टरटेनमेन्ट हलिउड स्टुडियो वार्नर ब्रोजको नेपालस्थित आधिकारिक वितरण साझेदार हो । यसअघि उसले डेडपुल २, किंग्सम्यान : द गोल्डेन सर्कल, लोगन, द बोस बेबी, स्पाइडरम्यान होम कमिङ, जुमान्जी, स्पाइडरम्यान नो वे होम, द ब्याटम्यान र वान पिस रेड फिल्मको प्रिमियर गरिसकेको छ ।
‘ब्ल्याक एडम’ शुक्रबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आएको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4