
१६ कात्तिक, काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । ‘अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुन्छ’ उनले अनलाइनखबरसँग भने ।
सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4