
काठमाडौं । मतगणना चलिरहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् ।
सोमबार उनी श्रीमतीसहित फिल्म हेर्न हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शाेमा फिल्म हेर्न पुगेका हुन् ।
सिनेमा हलबाट श्रीमतीसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै थापाले लेखेका छन्, ‘धैरै दिनको दौडधुपपछि आजको फुर्सद ।’
काठमाडौं-४ मा जारी मतगणनामा थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् । उनले २ हजार २६ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले १ हजार ५८४ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4