+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पारिवारिक विवादका बीच मृत भेटिइन् महिला, आफन्तले गरे चक्काजाम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते २१:३५

२२ मंसिर, काठमाडौं । पारिवारिक विवादका बीच एक जना महिला झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा हड्ताल गरेका छन् ।

चन्द्रागिरि नगरपालिका–२, नागढुंगास्थित घर नजिकै मृत भेटिएकी दीपा पराजुली थापाको हत्या भएको दाबी गर्दै परिवारले गुर्जुधारामा ४० मिनेट हड्ताल गरेको होे ।

पराजुलीका मामा चिरनबहादुर कार्की प्रहरीले घटनालाई आत्महत्या बताएर सामान्य बनाउन खोजेपछि हड्तालमा उत्रिएको बताउँछन् ।

‘विवाह भएको जम्मा ६ महिना मात्र भएको थियो, कहिले स्कुटर माग्ने, कहिले पैसा माग्ने गरिरहेका थिए’, उनले अनलाइनखबरसँग भने, ‘त्यही नदिएका कारण परिवारबाट उनको हत्या भएको हो ।’

उनले प्रहरीलाई गम्भीरतापूर्वक अनुसन्धान गरिदिन भन्दै माग गरेको बताए । यद्यपि, प्रहरीले झुण्डिएका कारण मृत्यु भएको भनेपछि आफूहरुलाई चित्त नबुझेको कार्कीले बताए ।

परिवारले उनको हत्या भएको दाबी गर्दै त्रिवि शिक्षण अस्पतालबाट शव पनि उठाउन मानेको छैन । प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्ली पाण्डे पोष्टमार्टमबाट आउने रिपोर्टलाई समेत आधार बनाएर प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने बताउँछन् ।

‘प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैनन् । गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ’, उनी भन्छन् । परिवारले शुक्रबार बिहान १० बजे प्रहरी कहाँ उपस्थित हुने र आफूहरुले भने अनुसार नभए फेरि हड्ताल गर्ने जनाएको छ ।

कार्की भन्छन्, ‘झुण्डिएको मान्छेको खुट्टा चप्पल जस्ताको तस्तै छ, शरीरमा अरु चोट पनि देखिएको छ । झट्ट हेर्दै यो सामान्य देखिन्न ।’

प्रहरीका अनुसार मंगलबार घटना भएको दिन घरमा अरु कोही थिएनन्, श्रीमान बिहान ६ बजे काममा निस्किएका थिए भने सासु ससुरा पनि ९ बजे नै निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?