+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १६:३५

२५ मंसिर, बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार रुपन्देहीका अग्रज पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाएका छन् ।

आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदान बापत पहाडीलाई सम्मानित गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताए ।

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार रकम आफूले निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, पूर्वअध्यक्ष मनोज पुडासैनी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाका अध्यक्ष रामराज पोखरेल, रुपन्देही सभापति खिमप्रसाद भट्टराई (कृष्ण) ले समाज परिवर्तनमा योगदानमा अग्रसर गराउन सम्मान थप प्रेरणामूलक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?