
१ पुस, काठमाडौं । बिहे भोजमा खाना खाएका सबै जना बिरामी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको चितवन गार्डेन रिसोर्टलाई खाद्य वस्तु उत्पादनमा रोक लगाएको छ ।
प्रारम्भिक अनुसन्धानमा बिहे भोजमा सहभागी ३ सय जना मानिसहरु एकै पटक बिरामी पर्नुमा रिर्सोटको भान्सा फोहोर भएको र पकाइएको खानाको गुणस्तरमा समस्या देखिएको विभागले जनाएको छ ।
रिसोर्टको भान्सामा भएको अखाद्य वस्तुको प्रयोगबारेको विस्तृत प्रयोगशाला विवरण नआइन्जेल रिसोर्टको भान्सा सिल गरिएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिइन् ।
अनुगमन क्रममा म्याद सकिएको खाद्य वस्तुको प्याकेटिङ भेटिएको, तेलको गुणस्तरमा प्रश्न उठेको र भान्साको सरसफाइमा ध्यान नपुगेको पाइएको छ ।
भान्सामा देखिएको किटाणु, यस्तो हुनुको कारण लगायतबारे प्रयोगशाला रिपोर्ट आएपछि मात्रै रिसोर्टको भान्सा खुला गरिने विभालगे जनाएको छ । गत २६ मंसिरमा रिर्सोटमा आयोजित बिहे भोजमा सहभागी ३ सय जना पहुना खाना खाइसके पछि बिरामी परेका थिए ।
प्रतिक्रिया 4