
२ पुस, काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
४ मंसिरको चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो । यो बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4