+
+
Shares

ब्रदरका प्रिन्टर र स्वीङ मेसिन नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १६ गते १८:०५

१६ असोज, काठमाडौं । जापानीज कम्पनी ब्रदर इन्टरनेशनल कर्पोरेशनद्धारा उत्पादित स्वीङ मेसिन (लुगा सिलाउने मेसिन) र प्रिन्टरहरु नेपाली बजारमा भित्रिएका छन् । घरायसी प्रयोगमा समेत ल्याउन मिल्ने ब्रर्दरका स्वीङ मेसिन र प्रिन्टर नेपालमा पहिलोपटक भित्राइएको हो ।

Brother-Press-Meet

ब्रदरका उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता सागर प्रिन्टिङ सोलुसन प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरि स्वीङ मेसिन र प्रिन्टर सार्वजनिक गरेको छ । कम्पनीले लेजर सिरिजमा नयाँ ४ मोडलका प्रिन्टर र ५ मोडलका स्वीङ मेसिनहरुको नेपालमा बिक्री वितरण शुरु गरेको छ ।

नेपालमा ब्रदरका ९ हजार ८ सय रुपैयाँदेखि ३० हजार ६ सय रुपैयाँसम्मका प्रिन्टर र १३ हजार रुपैयाँदेखि २९ हजार रुपैयाँसम्मका स्वीङ मेसिन उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

प्रिन्टर

एचएल-१११० मोनो लेजर प्रिन्टर नेपाल भित्रिएको ब्रदरको इन्ट्री लेभलको पि्रन्टर हो । यसको मूल्य नेपालमा ९ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, डीसीपी -१५१० मोडलको प्रिन्टरमा थ्रि इन वान (प्रिन्ट, कपी र स्क्यान) सुविधा रहेका छन् । यस मोडलको मूल्य नेपालमा १६ हजार ३ सय रुपैयाँ राखिएको छ ।

Brother-Printer

फाइभ इन वान (प्रिन्ट, कपी, स्क्यान, फ्याक्स र एडीएफ) सुविधा भएको पि्रन्टर एमएफसी-१८१० मोडलको मूल्य २६ हजार ७ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, सिक्स इन वान (प्रिन्ट, कपी, स्क्यान, फ्याक्स, एडीएफ र टेलिफोन) सुविधायूक्त एमएफसी-१८१५ मोडलको मूल्य ३० हजार ६ सय रुपैयाँ रहेको छ ।

यी प्रिन्टरहरुमा स्मुथ प्रिन्ट क्वालिटी, उच्च टोनर क्षमता, उर्जा खपत गर्ने, फास्ट स्क्यान तथा फोटोकपी गर्न सक्ने लगायतका विशेषताहरु रहेका छन् । कम्पनीले प्रिन्टरमा ३ वर्षसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

स्वीङ मेसिन

सय वर्षे इतिहास बोकेको ब्रदर इन्टरनेशनलका ५ वटा मोडलका स्वीङ मेसिनहरु नेपाली बजारमा भित्रिएका छन् । कम्पनीका अनुसार नेपालमा एएस-१४३०एस मोडलको १३ हजार रुपैयाँ, जेएस-१४१० मोडलको १३ हजार ५ सय रुपैयाँ, जीएस-३७०० मोडलको १९ हजार ६ सय रुपैयाँ, एक्सटी-२७ मोडलको २६ हजार ५ सय रुपैयाँ र एक्सटी-३७ मोडलको २९ हजार रुपैयाँ पर्नेछ ।

Brother-Sewing-Machines

सबै स्वीङ मेसिन विद्युतबाट चल्ने बताइएको छ । खासगरी हाउसवाइफ, टे्रनिङ इन्स्टिच्यूट/प्रोजेक्ट, एनजीओ/आइएनजीओ, फेसन डिजाइनर, टेलरिङ शप, सिम्पल इम्ब्रोडेरी वर्क्स, प्रोफेसनल स्वीङ वर्क्स र गार्मेन्ट इन्टरप्रेनर्सहरुका लागि मध्यनजर गरेर मेसिन नेपाल भित्राइएको ब्रर्दर इन्टरनेशनलका सेल्स डिभिजनका सिनियर जनरल म्यानेजर रञ्जित गुर्करले बताउनुभयो ।

ब्रदरका स्वीङ मेसिन र पि्रन्टरको बजार राम्रो देखेर नेपाल भित्राइएको ब्रदर कम्पनीका म्यानेजिङ डाइरेक्टर सोइची मुराकामीले बताउनुभयो । यी उत्पादनले नेपालीहरुको मन जित्न सफल हुनेमा समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘नेपाल ब्रदरका उत्पादनहरुका लागि उपर्यूक्त बजार हुनसक्छ’ उहाँले भन्नुभयो- ‘अत्याधुनिक सुविधायूक्त ब्रदर प्रोडक्टले नेपालीहरुको आवश्यकता पुरा गर्नेमा हामी विश्वस्त छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?