+
+

फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १७:४७

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो । मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए ।

सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख भूमिकामा थिए । बाँकी कलाकार चाँडै फाइनल हुने निर्माता नेपालीले जानकारी दिए ।

सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म चैतदेखि छायांकनमा जाने तयारीमा छ । सौगात र दयाहाङको यो सहकार्य ‘कबड्डी ४’ यता लगातार भइरहेको छ । यी दुईका अघिल्ला दुवै फिल्म बक्स अफिसमा हिट सावित भइसकेका छन् ।

‘हात्तीछाप’लाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?