
६ पुस, काठमाडौं । गुह्यश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने भएको छ । पुस ५ मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी ९५ करोड ४ लाखको ७ प्रतिशतले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै सोही लाभांशको कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकेा हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4