
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी बैंकले अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ स्थित धातिवाङ, कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित बानियाभार र कैलालीको चुहा नगरपालिका–७ स्थित हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ ।
बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय विशालकुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय बोमबहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।
त्यसैगरी बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय मनिराम पौडेल, चन्द्रौटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ९०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4