+
+

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते ११:२०

१७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भई बन्ने बैंकले भने ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको छ ।

मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १०ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?