+
+

कांग्रेस प्रवक्ता भन्छन् : प्रधानमन्त्रीको परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १७:५९

७ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् । शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाएको र उनकै संयोजनमा सभामुख लगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उनको दाबी छ । त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उनको तर्क छ ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए । शनिबार उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

कांग्रेस प्रवक्ता डा. महत भने सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तिर्ण हुन नसकेको बताए । ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ?,’ उनले भनेका छन्, ‘सभामुख–उपसभामुखको परीक्षणमा उहाँहरु उत्तीर्ण हुनु भएको छैन । अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा परीक्षणको घडी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?