+
+

रविका वकिलको प्रतिक्रिया : सर्वोच्चले गल्ती गर्दैन भन्ने होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १९:१५

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको प्रतिरक्षा गरेका कानुन व्यवसायी सुनिल पोखरेलले ‘सर्वोच्च अदालत सर्वोच्च भए पनि त्यसले गल्ती गर्दैन भन्ने नहुने’ प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । अनलाइनखबरसँगको प्रतिक्रियामा उनले आफूले यसै मन लागेर टिप्पणी गरेको भन्दै त्यसलाई अरु अर्थ नलगाउन आग्रह गरे ।

उनले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको र त्यसको निस्सा अध्यागमन विभागलगायतका निकायमा पेश भएकाले लामिछानेको पुरानो नागरिकता स्वतः सक्रिय हुने कोणबाट बहस गरेका थिए ।

पोखरेलले लामिछानेमाथि यसअघि लागेको आत्महत्याको दुरुत्साहन मुद्दामा पनि कानुनी प्रतिरक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?