
२३ माघ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4