+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

१६ बुँदे माग राख्दै दरबार हाइस्कुलमा अनसन बस्ने प्रकाश न्यौपानेलाई नगर प्रहरीले उठायो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १६:४४

२ फागुन, काठमाडौं । भानु माध्यमिक विद्यालय दरबार हाइस्कुलमा सार्वजनिक विद्यालय सुधारको माग राख्दै सोमबारदेखि आमरण अनसन बसेका प्रकाश न्यौपानेलाई काठमाडौं महानगर प्रहरीले हटाएका छन् ।

विद्यालयकी प्रधानाध्यपक शारदा कुमारी पौडेलले अनसनरत व्यक्तिले गोरखा घर भएको र प्रकाश न्यौपाने भनेर आफ्नो परिचय दिएको जानकारी दिइन् । उनी गोरखाको लुईंटेल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा दुई वर्ष काम गरेको समेत बताएको प्रधानाध्यापक पौडेलले बताइन् ।

उनले सोमबार विद्यालयमा विभिन्न १६ बुँदे माग राखेर अनसन बस्न आएको भनेपछि विद्यालय परिसरमा अनसन नबस्न आग्रह गर्दा आफ्नो माग कतै सुनुवाई नभएकोले नेपालको पुरानो स्कुलमा बस्दा सुनुवाई हुन सक्ने भन्दै अनसन बसेको प्रधानाध्यापक पौडेलले बताइन् ।

उनले भनिन्, ‘विद्यालयको सुधारको लागि भनेर विद्यालयमा अनसन बस्दा विद्यार्थीलाई असर गर्छ यहाँ नबसिदिनुहोस् भनेको मान्नुभएन । मैले सम्बन्धित निकाय सबैमा खबर गरेकी थिएँ । आज नगर प्रहरी आएर लानुभयो ।’ नगर प्रहरीले उनलाई उठाएर लगे पनि कहाँ लगे भन्ने जानकारी नभएको बताइन् ।

प्रकाश न्यौपानेले शिक्षकलाई राजनीति गर्न नदिनुपर्ने, प्रअको अलग पद निर्धारण गर्नुपर्ने, शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर राखिनुपर्ने, ५÷५ वर्षमा लाइसेन्स नवीकरण, ५ वर्षमा शिक्षकको अनिवार्य सरुवा गरिनुपर्ने, सरकारी तलब खानेले अनिवार्य सरकारी स्कुलमा छोराछोरी पढाउनुपर्ने लगायतका १६ बुँदे माग राख्दै अनसन बसेको विद्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?