+
+

नागरिकता विधेयकबारे सांसद प्रदीप यादवले भने : राष्ट्रपतिको भिटोबारे छलफल गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:२५

३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले संविधान जारी भएको ८ बर्षसम्म संविधान अनुसार नागरिकता ऐन नबन्नु दुखद भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताए ।

यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गरे । दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा मुख्यत नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने विषयमा दलहरुका बीचमा कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

एमालेसँग सरकारमा रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पछि कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि विवाहलगत्तै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रह्यो ।

अब पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ गरेर पार्टीले सदन र सडकमा आन्दोलन चर्काउने जसपा सांसद यादवको चेतावनी छ ।

बुबा आमा काका काकी नेपाली नागरिक बालिग सन्तान अनागरिक कसरी हुन्छन् भन्ने प्रश्न गर्दै उनले कुनै कुनै त दाइ दिदी नागरिक भाइ बहिनी अनागरिक भएको स्थिति पनि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?