+
+

रकब्याण्ड कबवेभको ३० औं वर्षगाँठ, पाटनमा १८ जना संगीतकर्मीले कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १२:१९

काठमाडौं । चर्चित नेपाली रकब्याण्ड कबवेभले यस वर्ष ३० औं वर्षगाँठ मनाउँदैछ । यो छेकोमा ब्याण्डले आगामी बुधबार भव्य कन्सर्टको आयोजना गर्दैछ, जहाँ १८ जना संगीतकर्मीले प्रस्तुति दिनेछन् । ‘द थटिज’ नाम दिइएको कन्सर्टमा अलग जनरा र विधाका संगीतकर्मीले गायन प्रस्तुत गर्ने ब्याण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पाटन दरबार स्क्वायरको भण्डारखाल बगैंचामा हुने कन्सर्टमा कबवेभ, कुटुम्ब, सुनिता कंसाकार (कान्सा दबदब), सुधीर आचार्य (नाइट ब्याण्ड), अमन शाही (फ्युजन मन्त्र), निशान्त शाक्य (नानाशी), सुजिम शाही (द एब्स्टल्स), आशिष गुरुङ (रिजोनेन्स अफ रुट्स) र रिना गिरी (कभर सोलुसन)ले प्रस्तुति दिने भएका छन् ।

नेपाली संगीतका हस्तीले पनि कन्सर्टमा भाग लिने ब्याण्डले जनाएको छ । कबवेभले अहिलेसम्म आठ एल्बम र साठी गीत रिलिज गरिसकेको छ । सन् १९९३ मा स्थापना भएको ब्याण्डले विश्वका विभिन्न ठाउँमा पनि कन्सर्ट प्रस्तुत गरिसकेको छ । ब्याण्डका सदस्यमा यतिबेला दिवेश मुल्मी, निलेश जोशी, सिद्धार्थ धाख्वा, सञ्जय अर्याल र सुजन तण्डुकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?