
काठमाडौं । चर्चित अमेरिकी युट्युब स्टार एयरर्याकले अहिलेसम्मकै ठूलो पिज्जा तयार गरी गिनिज बुकमा नाम लेखाएका छन् ।
Pizza Hut सँगको सहकार्यमा युट्युबर Airrack ले १३ हजार ९९० वर्गफिट आकारको भीमकाय पिज्जा तयार गरेका हुन् ।
उनको उक्त पिज्जाले यसअघिको १३ हजार ५८०.२७ वर्गफिट क्षेत्रफलको पिज्जाको कीर्तिमान तोडेको छ । उक्त पिज्जा सन् २०१२ मा इटालीको रोममा रहेको NIPfood ले तयार गरेको थियो ।
अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा तयार पारिएको उक्त कीर्तिमानी पिज्जाले विश्व कीर्तिमान कायम गरेसँगै टुक्रा टुक्रा पारेर च्यारिटीहरुलाई वितरण गरिएको थियो ।
यो विशालकाय पिज्जा तयार गर्न ६ हजार १९२ केजीभन्दा धेरै पीठो, करिब २ हजार २४४ केजी गुलियो मेरिनारा सस, करिब ३ हजार ९९१ केजी चिज र ६ लाख ३० हजार भन्दा धेरै पेप्पेरोनीका टुक्रा प्रयोग गरिएको थियो ।
View this post on Instagram
लस एन्जल्स कन्भेन्सन सेन्टरमा यो पिज्जालाई पूर्णरुपमा तयार गरी सजावट र बेकिङ गरिएको हो । यसलाई एकैपटक पकाउन सम्भव नभएकाले हिस्सा हिस्सामा पकाइएको थियो । स्थानीय खाद्य स्वच्छता नियमको पालना तथा खाद्य निरीक्षकको उपस्थितिमा उक्त पूर्ण स्वस्थ पिज्जा तयार गरिएको हो।
द पिज्जा हटमा The Big New Yorker नामक १९९० को दशकको चर्चित पिज्जाको आगमन भएको अवसरमा उक्त कीर्तिमानी पिज्जा तयार गरिएको हो । साथै युट्युबर एयरर्याकको युट्युब च्यानलमा १ करोड सब्सक्राइबर पुगेको उपलक्ष्यलाई पनि यो कीर्तिमानी पिज्जाको तयारीसँग जोडियो । गिनिज वर्ल्ड रेकर्डस्बाट
प्रतिक्रिया 4