+
+

बञ्चरेडाँडा सडक मर्मतका लागि ठेक्का आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १९:०८
फाइल तस्वीर

९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसडोल, बञ्चरेडाँडा सडक मर्मत गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै करबाहेक १ करोड ७४ लाख ७५ हजार रुपैयाँ अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यकाको ल्याण्डफिल साइट जाने बाटोलाई मर्मत गर्न ठेक्का आह्वान गरेको जनाएको छ । महानगरका अनुसार बञ्चरेडाँडामा वर्षाको समयमा फोहोर बोकेर जाने टिपरहरुलाई बाटोको कारण समस्या हुने भन्दै मर्मतको काम गर्ने अहिले नै ठेक्का खोलिएको हो ।

‘ठेक्का नै दिएर सिसडोल–बञ्चरेडाँडाको सडक मर्मत गर्न खोजिएको हो, वर्षाको समयमा विशेषगरी सिसडोलको फोहोर माथि बनेको सडकमा गाडी फस्ने गर्छन्,’ महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘पानी पर्ने वित्तिकै सडकमा पहिरो आउने, सडकको छेउबाट पहिरो जाने, गाडी फसेर समस्या हुने गरेकोले त्यसको हल गर्न महानगरले ठेक्का लगाएर नै पूर्व तयारी गर्न लागेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?