+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिंहदरवारभित्र जनता सहजै छिर्न पाउने व्यवस्थाका लागि रुलिङको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:१८

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्थाका लागि रुलिङको माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सभामुख देवराज घिमिरेसँग यस्स्तो माग राखेका हुन् ।

सरकारले लाइनमुक्त राष्ट्र भनेर घोषणा गरेको तर, रहेक ठाउँमा सेवाग्राहीको लाइन देखिन नछाडेको उनले बताए । त्यसको उदाहरणका लागि उनले सिंहदरवारको दक्षिण गेटको अवस्था हेर्न सुझाए ।

‘सांसदहरु मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं । जनताहरु लाइनमा बसेका हुन्छन् । मन्त्री सांसद र चिनेजानेको कर्मचारी नहुने व्यक्ति सिंहदरवारभित्र पस्न पाउँदैन’ उनले भने । यसैमा उनले थपे, ‘सेवाग्राहीहरु चारदिवार बाहिर/सिंहदरवार बाहिर, मन्त्रालय जति सिंहदरवार भित्र ? यस्तो अवस्थाको अन्त्य हनुपर्दछ ।’

यसका लागि जनताले सिंहदरवारमा सहज प्रवेश पाउनुपर्ने उनको भनाइ छ । ‘हामी सुशासन र जवाफदेशिताको कुरा गर्छौं। तर, जनातालाई प्रताडित गरिरहेका छौं’ सांसद ज्वालाले भने, ‘यसकारण सभामुखबाट आजै रुलिङ हुनुपर्यो कि सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?