+
+

६ चैतदेखि सिचुवान एयरले छेन्दु–काठमाडौं उडान थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १२:४२

१७ फागुन, काठमाडौं । चीनको सिचुवान एयरलाइन्सले छेन्दुबाट काठमाडौंलाई पुनः सिधा उडानमार्फत जोड्ने भएको छ । कम्पनीले २० मार्च अर्थातः ६ चैतदेखि छेन्दु–काठमाडौं रुटमा उडान थाल्ने घोषणा गरेको हो ।

कोभिड-१९ महामारी अगाडि नियमित उडान गरिरहेको कम्पनीले चीन यात्रामा लागेको प्रतिबन्धसँगै उडान झिकेको थियो ।

सिचुवानले सातामा तीन उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ । २० मार्चबाट सोमबार, बुधबार र शुक्रबार सिचुवानले छेन्दुबाट काठमाडौं उडान गर्नेछ । छेन्दुबाट स्थानीय समय अनुसार २ बजे उड्ने जहाज त्रिभुवन विमानस्थलमा स्थानीय समय अनुसार २ः४५ मा अवतरण गर्नेछ । काठमाडौंबाट सोही दिन ३ः३५ बजे उड्ने जहाज छेन्दुमा स्थानीय समय अनुसार ९ बजे अवतरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?