२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले पीएनजीमाथि ५२ रनको सानदार जित हात पारेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेखको शतकीय मद्दतमा २९७ रन बनाएको थियो ।
२९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो ।
यो जितसँगै नेपालको विश्वकप छनोट खेल्ने संभावना कायमै छ । लिग टू अंक तालिकाको शीर्ष ५ मा पर्दै एक दिवसीय मान्यता कायम राख्न नेपाललाई अब १ जितेको खाँचो छ । बाँकी ३ वटै खेल जिते नेपालले विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्ने छ ।
पीएनजीमाथि नेपालको जितका तस्वीरहरु हेर्नुहोस् :
प्रतिक्रिया 4