
कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास ।
११ चैत, काठमाडौं । सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।
शनिबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरुको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
उनका अनुसार कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको बैठकमा जाने नेताहरुले त्यहाँ भएका छलफलबारे ब्रिफिङ गर्ने र पार्टीबाट सरकारमा जाने नेताहरुको बारेमा छलफल गर्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर सत्ता गठबन्धनमा भागवण्डा पेचिलो बनेको छ ।
सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि शनिबार नै सरकारका विषयमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4