+
+

प्रधानमन्त्रीसामू भक्कानिंदै मिटरब्याज पीडितले भने- हामीलाई बाँच्ने वातावरण बनाइदिनुस्

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १८ गते १०:१८

१८ चैत, काठमाडौं ।काठमाडौंमा न्यायका लागि १७ दिनदेखि संघर्षरत मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर न्याय मागेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै उनीहरूले धरधरी रुँदै न्याय मागेका हुन् ।

पीडितमध्येका एक श्यामले आफूलाई मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बसेको बताउँदै प्रधानमन्त्रीसामू धरधरी रोए ।

‘हामीलाई घरबाट निकाले, छोराछोरी पढ्न पाएनन्। आफ्नै घरमा भाडामा बस्नु परेको छ,’ उनले भक्कानिंदै भने, ‘प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस् ।’

सिराह मिर्चैयाकी बालिका गरिमा राईले २ लाख रुपैयाँको ब्याज ३५ लाख पुर्‍याएको सुनाइन् । सुजाता साह नामक पीडकले आफूहरुलाई मार्छु भनेर धम्की दिएकफ र पढाइ छाडेको गुसानो प्रधानमन्त्रीसँग पोखिन् ।

‘म ६ महिनादेखि स्कुल छोडेर बसेको छु, गाउँघरका थानाले हामीलाई सुरक्षा दिएन । त्यो किन राखेको ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

एकपछि अर्का पीडित आफ्नो गुनासो प्रधानमन्त्रीलाई सुनाउँदै गर्दा प्रधानमन्त्रीका अगाडि बसेका अन्य पीडितहरु  आँसु पछिरहेका थिए ।

पीडितको गुनासो सुनेपछि प्रधानमन्त्रीले सम्बोधन सुरु गरेका छन् ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?