१ कात्तिक, काठमाडौं । त्रिभुवन आर्मीले मैत्रिपूर्ण क्रिकेटमा ब्रिटिस आर्मी क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको छ ।
पुल्चोक मैदानमा ब्रिटिस आर्मीले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा अन्तिम २ बल बाँकी छँदा भेट्टाएको थियो । आर्मीका नरेश बुढायरले २४ ब लमा ७ चौंका र एक छक्काको मदतमा ४२ रन बनाए भने महेश क्षेत्रीले ३६ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको ब्रिटिस आर्मीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा राहुल विकले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए भने राजेश पुलामी, चन्द्र साउद, अनिल मण्डल र नरेश बुढायरले समान १-१ विकेट लिएका थिए ।
प्रतिक्रिया 4