+
+

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:४७

३ वैशाख, सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।

आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो ।

लघुवित्त पीडितहरुले ३ घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो ।

सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् ।

आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन ।

आन्दोलनकारी विहानैबाट सडकमै सुतेका थिए । आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो ।

आफूहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?