 
																			१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना निको भएर घर फर्किइसकेका छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4