काठमाडौं । मिस्टर एण्ड मिस नेसनल नेपालको तेस्रो संस्करण आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सनुर्भी इन्टरनेसनलले अडिसनबाट प्रतिस्पर्धी छनोट भएको र कुल २१ जना सेमिफाइनलिस्टले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत प्रतिस्पर्धी छनोट गरिएको नेपाल निर्देशक सन्तोष उपाध्यायले जनाए ।
प्रतिस्पर्धामा गैरआवासीय नेपाली, सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमण्ड सरोजी न्यौपाने, मिस सुदुरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुष्मिता अधिकारी, मिस बागलुङ, सकुना खत्री, हाउस अफ फेसन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्कर्मा समावेश छन् ।
निर्णायकमा ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्कार छन् । उनी सोमबार नेपाल आउँदैछन् । सौन्दर्य प्रतियोगिता भएपनि यसमा सामाजिक कार्यमा दिएको योगदानसमेत मूल्यांकन हुने प्रावधान छ । प्रतियोगितामा पुरुष, महिला, समलिङ्गीसँगै एकल रूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाउनेछन् ।
प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
विजेताले चार अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रस्तिस्पर्धा गर्न पाउनेछन् । फिनाले जेठ १ गते हुनेछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4