+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
५१ बलमा १० रन आवश्यक
विराटनगर किंग्स 2025
138/4 (11.3)
Shares

ओएसिस र आठराई पब्लिकेसन्सको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम केन्द्रको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:०९

२४ वैशाख, काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले ओएसिस प्रब्लिकेसन प्रा.लि र आठराई पब्लिकेसन्स प्रा.लि काठमाडौंले प्रकाशन गरेका पाठ्यसामग्री प्रयोग नगर्न सूचना प्रकाशित गरेको छ।

यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको भन्दै स्वीकृति समेत रद्द गरेको छ ।

यी पब्लिकेसनहरुले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई गुमराहमा पारी पाठ्यसामग्रीहरु बजारमा विक्रिवितरण गरेको पाइएको केन्द्रले जनाएको छ ।

स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० को उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने केन्द्र्रले सूचनामा उल्लेख गरेको छ। साथै ती पाठ्यसामग्रीहरु तत्काल फिर्ता गराउन समेत प्रकाशक निर्देशन दिएको छ।

ओएसिस पब्लिकेसन प्रा.लि. काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक दिएको छ।

साथै यी पुस्तकहरु प्रकाशन स्वीकृति रद्द गरेको छ। त्यस्तै आठराई पब्लिकेसन प्रा.लि.काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?