
काठमाडौं । बलिउड अभिनेता शाहरुख खान ‘टाइगर ३’ को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । सलमान खान स्टारर उक्त फिल्ममा शाहरुखको महत्वपूर्ण केमियो भूमिका रहनेछ ।
यो विशेष दृश्यका लागि महलको सेट मढ टापुमा बनाइएको छ । त्यहाँ उच्च सुरक्षाको प्रबन्ध गरिएको भारतीय सञ्चारमाध्यम इटाइम्सले जनाएको छ । छायांकन सेटबाट कुनै पनि कुरा लिक हुन नहोस् भनेर कडाइ गरिएको जनाइएको छ । यो दृश्यको लागि करोडौंको बजेट छुट्याइएको छ । शाहरुखको भागको छायांकन सात दिनसम्म चल्नेछ ।
स्रोतलाई उल्लेख गर्दै पिंकभिल्लाले भनेको छ, ‘दुई प्रतिष्ठित अभिनेताले टाइगर ३ मा एक विशाल पम्पिङ एक्सन दृश्यको छायांकन गरिरहेका छन् । यो दृश्यलाई आदित्य चोपडा उत्कृष्ट बनाउन चाहन्छन् । उनले यसका लागि ३५ करोड भारुको भव्य सेटको डिजाइन समेत गरेका छन् ।’
मनिष शर्मा निर्देशित टाइगर ३ मा कटरिना कैफ जोयाको चरित्रमा देखिंदैछिन् भने इमरान हासमी एक जासूसको भूमिकामा रहने जनाइएको छ ।
प्रतिक्रिया 4