+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:३१

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको राणाले बताइन् ।

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो भने यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले त्यो व्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा व्यहोर्न सक्नुपर्छ, म व्यहोरिरहेकी छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?