 
																			२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका छन् ।
गत ४ मंसिरमा सम्पन्न चुनावपछिको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी हुने गरेको पाइएको उल्लेख गर्दै प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका हुन् ।
जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने मागका सम्बन्धमा के गर्न सकिन्छ त्यसबारे ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन्।
‘प्रत्यक्ष लाइभको मागका सम्बन्धमा वर्कआउट गर्न सभापतिले निर्देश गर्नुभएको छ’ लेखा समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
पहिलो बैठकमा समितिका सचिव गिरीले अघिल्लो अधिवेशनमा सार्वजनिक लेखा समितिमा अध्ययन भएका विषय, अधययनमा बिचाराधीन रहेका विषय र समितिको कार्यक्षेत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । १५ जना सांसदले आफ्नो धारणा राखे । सार्वजसनक लेखा समिति २६ सदस्यीय छ ।
पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार अनियमिताका विषय हेर्ने भएकाले राजनीतिक र आस्था भन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकमा भ्रष्टाचारमा धेरै काण्डहरुको चर्चा हुने गरेको र त्यसलाई निष्कर्षमा पुर्याउन नसकिएको उल्लेख गर्दै सांसदहरुले यस्ता विषयमा निश्पक्ष भएर छलफल गरिनुपर्ने बताएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4