
५ जेठ, काठमाडौं । सरकारले जग्गाको खरिद बिक्रीलाई पारदर्शी बनाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाका खरिद बिक्री मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताए ।
यस्तै सरकारले नक्सा सम्बन्धी कार्यलाई प्रविधियुक्त गराउने उनले बताए । सरकारले संघ, प्रदेश र स्थानीय तहको समन्वयनमा भू-उपयोग योजना तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
यस्तै व्यावसायिक कृषि तथा पशुपालन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गालाई सरलीकृत गर्ने र उद्योगलाई दिने जग्गाको हदबन्दी सीमा पुनरवोलकन गर्ने घोषणा सरकारले गरेको छ ।
साथै सकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँझो जग्गा उपयोगका लागि नीगितगत व्यवस्था गर्ने बताएको छ ।
प्रतिक्रिया 4