+
+

सरकारसँग ५ बुँदे सहमतिपछि बिनु यादवले तोडिन् अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते २०:१९

१० जेठ, काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्।

उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थलमा गएर जुस खुवाइ अनशन तोडाएका हुन् । आफूमाथि जबरजस्ती करणी गर्ने पवन कठायतविरुद्ध दिएको मुद्धाका कारबाही नभएको भन्दै उनी अनसनमा बसेकी थिइन्।

सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्धामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख गरिएको छ।

हेर्नुहोस सहमती पत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?