+
+

झिटीगुण्टा सुनको कर छुटमा पुरुष र महिलालाई फरक-फरक व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:५६

१७ जेठ, काठमाडौं । सरकारले विदेशबाट फर्केने यात्रुले कर नतिरी ल्याउन पाउने झिटीगुण्टाको सुन सुविधाको नियम परिवर्तन गरेको छ । सरकारले लिएको आर्थिक विधेयकले यात्रुले ल्याउने सुनको कर छुटमा महिला र पुरुषलाई फरक व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब विदेशबाट फर्किने पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ ।

महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउँदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । यसअघि विदेशबार्ट फर्किने पुरुष र महिलाका लागि समान ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?