
२१ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।
प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘आज दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तए भएको छ,’ सचिव बुढाथोकीले भने ।
उनका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइ सचिवालयमा पत्रसमेत पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4