
२१ जेठ, काठमाडौं । मुत्ररोग विशेषज्ञ चिकित्सकहरुकोे संस्था ‘नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्स’को नयाँ कार्यसमिति चयन भएको छ ।
दुई वर्षे कार्यकालका लागि डा. महेश बहादुर अधिकारीको नेतृत्वमा नयाँ समिति बनेको छ । संस्थाको उपाध्यक्षमा डा. पवनराज चालिसे, महासचिवमा डा. भोजराज लुइँटेल र कोषाध्यक्षमा डा. अरविन्दकुमार शाह चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यमा डा. अमितकुमार शाह, डा. विपेन्द्र राई, डा. घनश्याम सिग्देल, डा. मनिषमान प्रधान र डा. जुविन सिलवाल छनोट भएका छन् ।
युरोलोजी डाक्टरहरुको संस्था २०६२ सालमा स्थापना भएको थियो । संस्थामा १५० भन्दा बढी संगठित सदस्य रहेको नवनिर्वाचित महासचिव लुइँटेलले जानकारी दिए ।
मुत्ररोग रोग विशेषज्ञहरुको क्षमता वृद्धि गर्ने, पेशागत एकता कायम गर्ने, शैक्षिक गतिविधि सञ्चालन गर्ने, नागरिकमा जनचेतना अभिवृद्धि गर्ने लगायतका संस्थाको उद्देश्य रहेको महासचिव लुइँटेलले बताए ।
प्रतिक्रिया 4