
काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएका इलेक्ट्रिक भेहीकल खरिद गर्ने ग्राहकलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4