+
+

मल वितरणमा बद्‍मासी भयो, छानबिन गरेर कारबाही गर्छौं : कृषिमन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १३:३६

१५ असार,  काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सव बोल्‍दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘ सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरु ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियानसञ्चालन गरौं । यो वर्ष ढिलै भएपनि मनसुन शुरु भएको छ। मल वितरणमा बदमासी भएको छ । मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु।’

कृषिमन्त्रीले भुसालले उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरियो बताए । उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको दाबी गरे।

‘दाबीका साथ भन्छु। अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ।’ उनले भने।

उनले कार्यक्रममा सहभागि योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिए । उनले अहिले मलको अभाव नभएको दाबी गरे ।

‘ बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्नय हुनुको प्रमुख बाधक योजना आयोग हो। योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ। कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ,’  उनले भने,  ‘योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन। काम गर्ने ठाउँमा गर्नुपर्छ।योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ।’

उनले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए। उनले भने, ‘१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ। जमिन बाँझो पर्नुका विभिन्न कारणहरु छन्। पहिलो भनेको मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन हो। मानिसहरुको जीवन शैली गाउँले परिवेसबाट शहरीया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ।’

शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपेका हुन् । साथै रोपाईं महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?