+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आइतबार देशभरका न्यायालयका कर्मचारीको आन्दोलन

ललितपुरमा ‘पेन डाउन’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:४७
कुटपिटमा परेकी प्रेमिका तामाङ ।

१५ असार, काठमाडौं । आइतबार देशभरिका न्यायालयमा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरमा नासु प्रेमिका तामाङलाई काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरीका कर्मचारीहरुले आन्दोलन स्वरुप साढे ३ घण्टा काम रोक्ने तयारी गरेका हुन् ।

सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका ४ वटै ठुला कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आइतबार बिहान १० बजे देखि अपरान्ह १ः३० बजेसम्म देशैभरीका सम्पूर्ण अदालतहरुमा कामकारवाही बन्द गर्न अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेका हुन् ।

हातपात गर्ने लामिछानेलाई कानून बमोजिम हिरासतमा राखेर कानुनी प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा कारवाहीको लागि प्रतिवद्दता जनाउनुको सट्टा उच्च अदालत पाटन बारले कानुन व्यवसायी लामिछानेलाई रिहाईको माग गरेको भन्दै आन्दोलन गर्ने जनाएका हुन् ।

ललितपुरमा पेन डाउन

उक्त घटना घटेको ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । शुक्रबारदेखि कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

अधिवक्ता अमिर लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईले जुन जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैले के गर्न सक्छेस् गर’ भन्दै हातपात गरेको जिल्ला अदालत ललितपुरका कर्मचारीहरुले जनाएका छन् ।

कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘मुक्का प्रहार गर्दा अनुहारको विभिन्न भागमा चोट पटक लागेको र मुक्का छेक्न खोज्दा लगाएको लुगा समेत च्यातिएको छ ।’ उक्त अवस्थामा प्रहरी कार्यालय जावलाखेलमा जाहेरी दिन जाँदा अधिवक्ताहरुले धाक धम्की समेत दिएको समेत बताएका छन् ।

घटनामा संग्लन भएको भएका अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?