+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण रोक्न सीबीफीनको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १२:०१

काठमाडौं । बैंक सञ्चालहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ सीबीफीनले बैंक तथा वित्तीय संस्थामाथि निरन्तर भइरहेको आक्रमण रोकी प्रभावकारी सुरक्षाको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

बिहीबार बसेको सीबीफीनको कार्यसमितिको बैठकले बैंक तथा वित्तीय संस्था एवम् कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री लगायत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग माग गरेको छ ।

सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसकेमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सीबीफीनले सचेत समेत गराएको छ ।

सुरक्षित रुपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न नसक्ने अवस्था आएमा आम निक्षेपकर्ता, ऋणी लगायत सम्पूर्ण सरोकारवालाहरुको हक, हित संरक्षण तथा सम्बर्द्धनमा समेत गम्भीर संकट उत्पन्न हुन सक्ने तर्फ सीबीफीनले सचेत गराएको छ । जसबाट समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भएकोले यसविषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै सीबीफीनले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?