+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित छ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते ११:३०

२२ असार, काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गरेका छन् ।

निजी निवासमा पत्रकारसित कुरा गर्दै उनले यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाए ।

सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको उनले बताए ।

त्यही अभियान स्वरुप आफूले गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

सुराकी खर्च गर्नै पर्ने भए पनि कहीँ न कहीँ क्रश चेक हुनु पर्ने उनले बताए । उनले भने, ‘देशमा राजनीतिक संस्कृति नै यस्तो छ कि कसैले सही काममा लागि गरे पनि त्यो सही काममै प्रयोग हुन्छ भन्ने विश्वास नै गर्न सकिँदैन ।’

आन्तरिक सुशासनबिनf समाजमा सुशासन स्थापित गर्छु भन्नु फगत कुरा मात्र रहेको भन्दै उनले आन्तरिक सुशासनलाई पहिलो जोड दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?