+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
१२ बलमा ६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
115/2 (17.6)
Shares

दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त  

रासस रासस
२०८० असार २८ गते १२:१४

२८ असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।

‘सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो’, शोक सन्देशमा भनिएको छ, ‘उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।’

उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ ।

प्रधानमन्त्री दाहाल पत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?